Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व गभर्नर डा. चिरन्जिवी नेपालको राष्ट्र बैंकलाई अपिल - "बजारमा पैसा पठाऊ" (भिडियो अन्तर्वार्ता)

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, २० : ४६ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिवी नेपालले अहिले राष्ट्र बैंकले बजारमा पैसा पठाउन अति आवश्यक रहेको बताएका छन्।  केन्द्रिय बैंकले नीतिगत कुरा तल माथि गर्न सक्ने तथा विभिन्न औजार प्रयोग गरेर बजारमा पैसा पठाउन सक्ने उनको तर्क छ।  

अर्थसंसारको नियमित कार्यक्रममा बोल्दै नेपालले सरकारले कुनै पनि हालत पुरक बजेट ल्याउन पर्ने कुरामा जोड दिएका छन्।  पुरक बजेट ल्याएर भएपनि बजारमा पैसा पठाउन पर्ने उनको सुझाव छ।  बजारमा लगानी योग्य पैसा नभएको उनको जिकिर छ।  पैसा भएर खर्च गर्न नसक्नुमात्र मण्डी रहेको डा. चिरन्जिवी नेपाल बुझाई छ। 

मौद्रिक नीतिको समिक्षा 

नेपाल राष्ट्र बैंकले अबको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षालाई सरकारको साझा कार्यक्रमले असर गर्न सक्ने बताउछन। अबको मौद्रिक नीति सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याउछ तेस्मा आधारित हुने बताउछन्। 

अहिलेका अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेकै कारण अर्थमन्त्रीको पहलमा राष्ट्र बैंकले व्यवसायको कुरा सुने पनिको उल्लेख गरेका छन्।  

बैंक तथा वित्तीय संस्था अत्याधिक नाफा कमाउने संस्था होइन 

बैंक तथा वित्तीय संस्था अत्याधिक नाफा कमाउने संस्था नभएको नेपालको विचार छ ।  "नेपालमा मात्र यस्तो देश हो जहाँ स्प्रेड पनि बढि, धेरै कमाउन सकिन्छ भन्ने सोच लगानीकर्तामा देखिएको तर बिस्तारै घट्दै गएको बताएका छन्। बैंक तथा वित्तिय संस्था केबल ऋण लिने व्यक्ति र निक्षेप कर्ता बिचको मध्यस्थत कर्ता मात्र  रहेको र यो गर्दा अलि अलि मात्र कमाउने हो " नेपाल बताउछन। 

बैंकको पुँजी वृद्धि

आफ्नो कार्यकालमा बैंकहरुले पुँजी वृद्धिको गर्नुको कारण बैंकहरु डुब्ने खतरा डर नै मुख्य रहेको बताए। बैंकहरु धेरै नै नाफा केन्द्रित भएको कारण लगानी गोखिम भएको कारण कसिलो मौद्रिक पोलिसी आएको बताउछन नेपाल। 

सेयरबजार 

ब्याजदर घट्दो ट्रेण्डमा गएका कारण सेयर बजारमा सुधार आउने उनको प्रक्षेपण छ। डा. नेपाल भन्छन, 'सेयर बजार र ब्याजदरको विपरित सम्बन्ध हुन्छ, अब ब्याजदर घट्दै जाने देखिन्छ त्यसले सेयर बजार सुधारको संकेत गर्छ।'

हेर्नुहोस उनी सँगको भिडियो अन्तर्वार्ता (यहाँ क्लिक गर्नुहोस )

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको