Like us!
Follow us!
Connect us!
Watch us!

विवादमा तानिएपछी  राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, ११ : ५३ मा प्रकाशित

विवादमा तानिएपछी  राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार अर्थ विज्ञ डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन्। 

उनको राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेका छन्। राजीनामा स्वीकृत गर्दै नेपालले आफ्नो पदमा रही पुर्‍याएको योगदानका लागि धन्यवादसमेत व्यक्त गरेका छन्। 

सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निर्णय गरेपछि  सल्लाहकार नेपालले उक्त निर्णयप्रति विवादित अभिव्यक्ति दिएका थिए। 

त्यसपछि उनको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएको थियो। सोही कारण उनले आफ्‍नो पदबाट राजीनामा दिएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको