Like us!
Follow us!
Connect us!
Watch us!

नासाले मार्जिन कारोबारका याेजना संशाेधन गर्दै थप्याे २ नयाँ योजना

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १३ : २१ मा प्रकाशित

नासाले मार्जिन कारोबारका याेजना संशाेधन गर्दै थप्याे २ नयाँ योजना

नासा सेक्यूरिटीज कम्पनी लिमिटेड स्टक ब्रोकर नंम्बर (५८) ले नेपालमै पहिलोपटक लगानीकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने Margin Trading कारोवार सुविधा यही कार्तिक ३ गतेबाट प्रदान गर्न सुरू गरिरहेकाे छ । नासा सेक्यूरिटिजले नियमनकारी निकायहरूको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ वमोजिम लगानिकर्ताहरूका लागि साविक योजनाहरु संशोधनसहित थप दुई (२) योजनाहरु सार्वजनिक गरेको छ ।

थप गरिएको पहिलो योजना अर्न्तगत रु. २५ लाख सम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन् । सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइनेछ र यसमा जम्मा शुल्क रु. २४,५५५- मात्र लाग्नेछ ।

दोस्रो योजना रु. २५ लाख सम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा जम्मा शुल्क रु. ४९, ९५५/- मात्र लाग्नेछ ।

साथै साविक योजना अर्न्तगत रु. १० लाख सम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ३० र ५८ दिने अवधिका लागि जम्मा शुल्क क्रमशः रु. ९५५५ रु. १९५५५ मात्र लाग्ने गरी संसोधन गरिएको छ ।

कम्पनीले दुवै योजना ग्राहकहरूले आवेदन दिएको ५८ मिनेट भित्रमा पुर्ण स्वीकृत गरी सेवा उपलब्ध गराउनेछ । यी सुबिधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्नेछ ।

कम्पनीसँग हाल उपलब्ध स्रोत धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यबाट परिचालन गरिएको कम्पनीले जनाएकाे छ । भविष्यमा धेरै स्रोतको जोहो गरी छिटो छरितो, गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्न प्रतिवद्ध रहेकाे कम्पनीकाे विज्ञप्तिमा उल्लेख छ । कम्पनीले यी योजनाहरूमा सहभागिता जनाई नयाँ सुविधाको लाभ उठाउन र सेवामा गुणात्मक सुधारका लागि रचनात्मक राय सुझाव दिन ग्राहकहरूलाई हार्दिक अपिल गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको