Like us!
Follow us!
Connect us!
Watch us!

नासा सेक्यूरिटीजद्वारा २ करोडसम्मको मार्जिन ट्रेडिङ सुविधा सुरु, ३० प्रतिशत मार्जिनमै सेयर खरिद सम्भव

अर्थ संसार

सोमबार, ०४ फागुन २०८२, १९ : २४ मा प्रकाशित

नासा सेक्यूरिटीजद्वारा २ करोडसम्मको मार्जिन ट्रेडिङ सुविधा सुरु, ३० प्रतिशत मार्जिनमै सेयर खरिद सम्भव

नेपालको अग्रणी स्टक ब्रोकर कम्पनी नासा सेक्यूरिटीजले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२ लागू भएसँगै औपचारिक रूपमा मार्जिन ट्रेडिङ सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। कम्पनीले २०८२ फागुन ४ गतेदेखि उक्त सेवा लागू गरेको जनाएको छ।

नयाँ निर्देशिका लागू भएसँगै लगानीकर्ताले अब ब्रोकर कम्पनीबाटै ऋण लिएर सेयर खरिद गर्न सक्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनमा आएको छ। नासा सेक्यूरिटीजले यही प्रावधानअनुसार आफ्ना ग्राहकका लागि लचिलो र ग्राहक–मैत्री संरचनामा आधारित मार्जिन ऋण योजना सार्वजनिक गरेको हो।

३० प्रतिशत प्रारम्भिक मार्जिनमै कारोबार सुरु गर्न सकिने

कम्पनीका अनुसार यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहेमा ३० प्रतिशत अर्थात ३ लाख रुपैयाँ प्रारम्भिक मार्जिन राखेर बाँकी ७ लाख रुपैयाँ कम्पनीबाट ऋणका रूपमा उपयोग गर्न सक्नेछन्। यस व्यवस्थाले सीमित पूँजी भएका लगानीकर्तालाई समेत ठूलो परिमाणमा सेयर खरिद गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।

अवधि अनुसार सेवा शुल्क र ब्याज संरचना

नासाले सार्वजनिक गरेको विवरणअनुसार १० लाख रुपैयाँ ऋण एक महिनाका लागि लिँदा सेवा शुल्क र ब्याज गरी करिब ७ हजार रुपैयाँ खर्च लाग्नेछ। सोही रकम दुई महिनाका लागि लिँदा १३ हजार ६५० रुपैयाँ तथा तीन महिनाका लागि लिँदा १९ हजार ९५० रुपैयाँसम्म शुल्क तथा ब्याज लाग्ने उल्लेख गरिएको छ।

कम्पनीले १० लाख रुपैयाँदेखि अधिकतम २ करोड रुपैयाँसम्मका विभिन्न मार्जिन योजना उपलब्ध गराएको छ। ऋणको अवधि एक महिनादेखि तीन महिनासम्म रहनेछ।

नयाँ निर्देशिकाअनुसार परिमार्जित योजना

२०७५ को पुरानो निर्देशिकालाई प्रतिस्थापन गर्दै लागू गरिएको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२ अनुरूप कम्पनीले नयाँ स्किमहरू ल्याएको जनाएको छ। ग्राहकको लगानी आवश्यकता र जोखिम वहन क्षमतालाई ध्यानमा राखेर योजना तयार गरिएको कम्पनीको भनाइ छ।

सेवा लिन आवश्यक प्रक्रिया

मार्जिन ट्रेडिङ सेवा लिन इच्छुक ग्राहकले नासामै मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ खाता खोल्नुपर्नेछ। त्यसका लागि सम्बन्धित शाखा कार्यालयमा उपस्थित भई केवाईसी फाराम भर्नुका साथै आवश्यक आधिकारिक कागजातहरू पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

आवेदन स्वीकृत भएपछि ऋण सुविधा उपलब्ध गराउने प्रक्रिया अघि बढाइनेछ। साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डले तोकेको योग्य कम्पनीहरूको सूचीभित्र पर्ने सेयरमा मात्र मार्जिन कारोबार गर्न पाउनेछन्।

लगानी अवसर विस्तारमा सहयोग गर्ने विश्वास

कम्पनीले मार्जिन ट्रेडिङ सेवाले लगानीकर्तालाई थप पूँजीको पहुँच दिलाउँदै आकर्षक लगानी अवसर सदुपयोग गर्न सहयोग पुर्‍याउने अपेक्षा गरेको छ।

नासा सेक्यूरिटीजले छिटो, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै अधिकतम लगानीकर्तालाई सेवा पुर्‍याउने लक्ष्य राखेको जनाएको छ। थप जानकारीका लागि इच्छुक ग्राहकले कम्पनीको कार्यालयमा सम्पर्क गर्न वा ०१–५९७००८४ नम्बरमा फोन गर्न सक्नेछन्।

69931f7a0282d.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको