Like us!
Follow us!
Connect us!
Watch us!

क्लोज आउटको विषयमा बहस नै भएन, लगानीकर्ता मारमा परे: धर्मराज सापकोटा,अध्यक्ष,स्टक ब्रोकर एसोसिएसन

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १९ : ३० मा प्रकाशित

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष धर्मराज सापकोटाले आफ़ुहरु अझै पनि ब्रोकरको पूर्वाधरमा लगानी गर्न अझै असुरक्षित भएको बताएका छन्।  अर्थसंसारको नियमित कार्यक्रम अर्थसंसार टकमा बोल्दै सापकोटाले धितोपत्र बजारमा कारोबार गर्न अति नै आवश्यक सेटलमेन्ट फण्ड र अक्सन मार्केट अझै कार्यान्वयनमा नआएकोमा असन्तुष्टि पोखेका छन्। 

सेटलमेन्ट फण्डमा ५-६ करोड जम्मा भएको  र एउटा कार्यवधि  बनेको सुनेको छौ। तर अब फेरि पनि २२ अर्बको कारोबार भए उक्त फण्ड नगन्य हुने र उक्त फण्डले कति नै सेटलमेन्टलाई ग्यारेन्टी गर्न सक्छ भनेर प्रश्न उठाए। 

अध्यक्ष धर्मराज सापकोटाले अहिले सम्म पनि क्लोज आउटको विषय समाधान नभएकोमा चिन्तित रहेको जिकिर गरेका छन्।  

" जुन क्लोज आउट राख्ने बेला आफुहरुले यो विषय न्याय सङ्गत छैन र उचित निराकरण छैन भन्दा यो क्लोज आउट छोटो समय वा तत्कालका लागि मात्र हो, यसबाट आउने समस्या हेरेर तत्काल समाधान गर्ने कुरा भएको तर ५ वर्ष  गएको र त्यस क्लोज आउटको विषयमा बहस नै भएन। " सापकोटा बताउछन्। 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष धर्मराज सापकोटासँग अर्थ संसार टकका लागि अर्थ संसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौँ

यहाँ क्लिक गर्नुहोला 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको