Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्षमै माइपे डिजिटल वालेटको ५ लाख प्लस डाउनलोड, क्यासब्याक अफर

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, १४ : १३ मा प्रकाशित

एक वर्षमै माइपे डिजिटल वालेटको ५ लाख प्लस डाउनलोड, क्यासब्याक अफर

स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाख भन्दा बढी डाउनलोड पुर्याउन सफल भएको छ । सोही अवसरमा माइपे वालेटले आज माघ ४ गते पनि बेलुका ४ बजेदेखि राती १२ बजेसम्म ५ प्रतिशत बढीमा रु १०० सम्म क्यासब्याक अफर दिने बताएको छ ।

स्थापना भई कार्य सञ्चालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता हात पारेको हो । माइपेमा प्लेस्टोर, एप स्टोर र वेव साइट समेत गरी हालसम्म ८ लाख भन्दा बढी ग्राहक संख्या पुगिसकेका छन् । यो सफलताले निकै उत्साहित भएको माइपे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए । ‘युवा ग्राहक महानुभावहरुको पहिलो रोजाइको वालेट भएकाले नै यो सफलता हाता पारेका हौं,’ उनले भने । 

डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याएको यस वालेट मार्फत ग्राहकहरुले हवाई टिकट बुकिङ, मोबाइल टपअप सँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ । जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन् ।

साथै यस वालेटबाट कुनै पनि कारोबार गर्दा माइपे क्वाइन प्राप्त गर्न सकिन्छ जसको मूल्य १ क्वाइन बराबर रु १ नै हुन्छ । उक्त क्वाइन हरेक कारोबारमा प्रयोग गर्न सकिन्छ । यसका साथै कुनै पनि बैंक खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरु थप गर्दै लगिने कम्पनीले जनाएको छ । माइपे हालैमात्र फोनपे नेटवर्कमा जोडिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको