Like us!
Follow us!
Connect us!
Watch us!

दशैँको अवसरमा काठमाडौंमा सबैभन्दा ठूलो एक दिने माईपे मेला हुने

अर्थ संसार

शनिबार, २० असोज २०८०, १८ : १९ मा प्रकाशित

दशैँको अवसरमा काठमाडौंमा सबैभन्दा ठूलो एक दिने माईपे मेला हुने

माईपे इभेन्टस्को आयोजनामा दशैँको अवसरमा एक दिने माईपे मेला कार्यक्रम गर्ने भएको छ । असोज २६ गते शुक्रबार दरबारमार्ग स्थित होटल अन्नपूर्णमा माईपे इभेन्टस्को आयोजनामा उक्त मेला हुन लागेको हो । मेलामा नेपालका चर्चित गायक सुगम पेखरेल, द इलिमेन्टस्, कबवेब, सनुप पौडेल, अनिल रिजाल लगायतका गायकहरुको प्रस्तुती रहने छ । 

केहि दिन अघि मात्रै माईपे इभेन्टस्ले बलिउडका चर्चित गायक कैलाश खेरलाई नेपाल ल्याएर पहिलो संगितिक कार्यक्रम गरेको थियो । त्यस लगत्तै उसले दोस्रो संगितिक कार्यक्रम स्वरुप माईपे मेला गर्न लागेको हो । मेलामा खानाको च्यालेन्ज, चङ्गा डिजाइन, म्याजिक सो लगायत साङ्गीतिक कार्यक्रमहरु रहनेछन् । 

आगामी शुक्रवार हुने उनको प्रस्तुती हेर्न माईपे डिजिटल वालेट तथा माईपे इभेन्टस्को बेवसाइट  www.mypayevents.comबाट समेत टिकट लिन सकिने आयोजकले जनाएको छ । पहिलो १०० टिकट लिनेलाई विशेष छुटका साथ माईपेले टिकट सार्वजनिक गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको