Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल मलमा एक युवकले पेट्रोल छर्किएर आफैँमाथि लगाए आगो

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, १४ : ४८ मा प्रकाशित

सिभिल मलमा एक युवकले पेट्रोल छर्किएर आफैँमाथि लगाए आगो

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले पेट्रोल छर्किएर आफैँमाथि आगो लगाए छन् ।

अन्दाजी २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ ।

उनको तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ । गुरुङको अनुहार र शरीरका विभिन्न भागमा आगोले जलेको छ।

उनले आत्मदाह गर्न खोज्नुको कारण भने हालसम्म खुलेकाे छैन । घटनाका विषयमा प्रहरी वृत्त जनसेवाले थप अनुसन्धान गरिरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको