Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक

अर्थ संसार

मंगलबार, १० माघ २०७९, १३ : २१ मा प्रकाशित

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'न्यु स्टाइल, न्यु स्टेटमेन्ट' नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ। 

भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयुभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीको छ। भेन्यूको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको कम्पनीले जनाएको छ।

समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएको हुन्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त पनि छ।

कम्पनीका अनुसार यो सेगमेन्टमै पहिलो पटक गाडीको पछिल्लो भागमा विस्तारित कनेक्टिङ एलइडी टेल ल्याम्पले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ। त्यस्तै अघिल्लो भागमा रहेको पारामेट्रिक फ्रन्ट डार्क क्रोम ग्रील, नयाँ बम्पर र स्किड प्लेट डिजाइनले यसलाई आधुनिक तथा स्पोर्टी लुक दिएको छ। यसमा रहेको डायमन्ड कट अलोय ह्वील, एलइडी प्रोजेक्टर ल्याम्प, पडल ल्याम्प, शार्क फिन एन्टेना रूफ रेलले बाहिरी भागलाई समय सान्दर्भिक बनाएको समेत कम्पनीले जनाएकाे छ।

नयाँ भेन्यू फराकिलो बनावट र टु टोन ब्ल्याक ग्रेज इन्टेरियरका कारण आरामदायी छ। यसमा फराकिलो बुट स्पेससहितको ६०:४० स्प्लिट सिट, कप होल्डर सहितको रियर सेन्टर आर्मरेस्ट, दुई वटा रियर युएसबी चार्जर, टु स्टेप रियर रिक्लाइनिङ सिट, एर्गोनोमिकल्ली डिजाइन गरिएको सुविधाजनक चालक सिट, ८ इन्च इन्फोटेनमेन्ट स्टम, कूल्ड ग्लोभ बक्स,वायरलेस फोन चार्जर, डुअल टोन क्लाइमेट कन्ट्रोल एसी र स्मार्ट सनरूफ लगायतका सुविधा छन्।

यसमा एम्बिएन्ट साउन्ड्स अफ नेचरका रूपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ। त्यस्तै डुअल एयरब्याग, रियर पार्किङ असिस्ट क्यामरा, अटोमेटिक हेडल्याम्प र हेडल्याम्प इस्कर्ट फंसन, कर्नरिङ ल्याम्प्स, टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोल लगायत थप सुरक्षा सुविधा पनि छन्।

१/२ लिटर पेट्रोल इन्जिन/ १.० लिटर टर्बो इन्जिन भएको हुन्डाई भेन्यू ५ स्पीड म्यानुअल तथा ७ स्पीड डिसिटीमा उपलब्ध छ। १९५ मिमी ग्राउन्ड क्लियरेन्स भएको यो कम्प्याक्ट एसयुभीको पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण सबैले यसमा उत्साहजनक ड्राइभिङ अनुभव पाउने कम्पनीको भनाइ छ ।

इ, एस र एसएक्स गरी तीनवटा भेरियन्टमा उपलब्ध नयाँ हुन्डाई भेन्यूको सुरूवाती मूल्य ३९ लाख ९६ हजार रूपैयाँ तोकिएको छ।

हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाईन्छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।     
 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको