नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ३ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले सगरमाथा इन्स्याेरेन्स कम्पनी, प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे हाे ।
नेप्सेले यी ३ वटै कम्पनीकाे आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । याे सँगै अब भाेलि बिहीबारबाट दाेश्राे बजारमा तीन वटै कम्पनीकाे काराेबार सुरू हुनेछ ।
धितोपत्र बोर्डले गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याइसकेकाे छ । सो निर्देशिका अब मर्ज तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोकिनेछ । त्यसैले अहिले मर्जर प्रक्रियाका कारण कारोबार बन्द रहेका कम्पनीहरुको पनि धमाधम कारोबार फुकुवा भइरहेकाे छ ।
सो निर्देशिकाको दफा १३ मा हाल गाभ्ने गाभिने वा प्राप्तिको प्रकृयामा रही कारोबार रोक्का रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवाको प्रकृया उल्लेख गरिएको छ। सो अनुसार कारोबार रोक्का रहेका कम्पनीहरुले आधारभूत बाहेकका साधारण सेयरधनीको सेयर कारोबार खुल्ला गर्न नेप्से र सीडिएसमा निवेदन दिनुपर्ने हुन्छ। त्यसपछि तत्कालै नेप्सेले ति कम्पनीहरुको कारोबार खुल्ला गराउनुपर्ने कुरा दफा १३ को उपदफा २ मा उल्लेख गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस