इन्जिनियरिङ्ग पेशा त्यागी सेयर बजारमा प्रवेश गरेका अनुभवी लगानीकर्ता राजकुमार केसीलाई जीवनका विभिन्न रङहरूमध्ये पूँजी बजारको रङ असाध्यै मनपर्छ । सेयर बजारमा लामो दूरीको दृष्टिको निश्चितता, विश्वासको स्थिरता, लगानीको उद्देश्यको स्थिरता र लगानीकर्ताले गर्ने कृतज्ञताको गहिराईमा विश्वास राखेमा यीनै कुराले बाटो देखाउने बताउँदै उनी आफूले पनि यही कुराहरूमा विश्वास गर्ने भएर सेयर बजारमा लागेको बताउँछन् ।
उनी आफू पनि बजारमा समय व्यतित गर्ने भएकाले उनलाई हरेक लगानीकर्ताहरूले चाहेका कुरा दिने केही सिस्टम होस् भन्ने सधैँ लागिरहन्थ्यो । र यही सिस्टम उनी आफैले जन्माए "नेप्से अल्फा" काे रूपमा । सेयर बजारप्रतिकाे लगावले गर्दा नै उनले ‘नेप्से अल्फा’ जन्माएका हुन् । केसीले जन्माएका नेप्से अल्फा अहिले सबै लगानीकर्ताहरूको एउटा जरूरत बनिसकेको छ । नेप्से अल्फाले नि:शुल्क रूपमा सेयर बजारसँग सम्बन्धी तथ्याङ्कहरू उपलब्ध गराउँछ ।
हालै मात्र नेप्से अल्फाले एआई चार्ट पनि सार्वजनिक गरेकाे छ । अर्थ संसारकाे नियमित कार्यक्रम "मार्केट स्टाेरीज्" काे यस श्रृङ्खलामा हामीले नेप्से अल्फाकाे स्टाेरी कभर गरेका छाैँ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस