Like us!
Follow us!
Connect us!
Watch us!

निनाम लोवात्तीकाे लेख : जो पायो त्यही जीवन बीमा अभिकर्ता ?

निनाम लोवात्ती

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, १२ : ४७ मा प्रकाशित

निनाम लोवात्तीकाे लेख : जो पायो त्यही जीवन बीमा अभिकर्ता ?

लेखक : निनाम लोवात्ती

समाचार अलि अगाडि अर्थात् गत कात्तिक ३ गते, विसं २०७९ को हो । सो मितिमा ‘इन्स्योरेन्स खबर’ अनलाइनमा प्रकाशित एक समाचारअनुसार नेपालमा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेका मध्ये ४२ प्रतिशत अभिकर्ताले आफ्नाे लाईसेन्स नवीकरण गरेरनन् । सो समाचारमा जनाईएअनुसार सो तथ्यांक विसं २०७९ को असोज महिनासम्मको हो । 

किन यस्तो भयो ?

जीवना बीमा सम्बन्धी जानकारहरुका अनुसार नेपालमा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेका वा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएका अभिकर्ता (एजेन्ट) मध्ये ४२ प्रतिशतले आफ्नाे लाईसेन्स नै नवीकरण नर्गनुको खास कारण के हो भने, नेपालमा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेर केही कमाई गर्ने, त्यसैले (बीमा गराएवापत आउने कमिसनले) गुजारा गर्ने, जीवनमा आई पर्ने आर्थिक कठिनाईलाई समाधान गर्ने एक माध्यम बनाउने, सर्वसाधारण मानिसहरुलाई जीवन बीमाबारे बुझाउने, जीवन बीमा सम्बन्धी महत्वपूर्ण ज्ञान दिनुका साथै व्यापक रुपमा जनचेतना फैलाउने कार्यमा सहभागी हुनेभन्दा पनि आफूले गर्ने जीवन बीमाको कमिसन अरुलाई किन खान दिने ? भनी ‘आफ्नाे जीवन बीमा गरेको कमिसन आफै खानका लागि मात्रै जीवन बीमा अभिकर्ता बनेका हुनाले त्यसता अभिकर्ता अर्थात् एजेन्टहरुले आफ्नाे अभिकर्ताकाे लाईसेन्स नवीकरण नगरेका हुन् ।’ 

हुनत यसरी मानिसहरुलाई उल्टो बुद्धि दिने पनि जीवन बीमा क्षेत्रमा कार्यरत अभिकर्ताहरु नै हुन भन्ने भनाइ रहेको छ । त्यस्तो उल्टो बुद्धि दिने अभिकर्ता पनि कस्ता अभिकर्ता हुन् ? किनभने, मैले (यो लेखको पंक्तिकारले) नेपालमा ठीक–ठीकै बिक्ने दुई वटा दैनिक पत्रिकामा कार्यरत कामरेडहरुलाई जीवन बीमा गरौं न भनी आग्रह गर्दा उनीहरुले आफ्नाे साथीहरुले अरुलाई किन कमिसन खान दिन्छौ, “त्यत्रो कमिसन आउँछ !” त्यसैले तिमी आफै तालिम गरेर अभिकर्ता बन, अनि ‘आफ्नाे, आफ्नाे परिवार र आफ्नाे नातागोताको जीवन बीमा पनि आफ्नै कोडमार्फत गर, कमिसन त मालामाल ! भनी निःशुल्क बुद्धि ‘बरो’ गरे रे ! भनी सुनाएका थिए । तर, ती दुई वटा दैनिक पत्रिकामा कार्यरत कामरेडमध्ये एक जनाले त अहिलेसम्म आफ्नाे जीवन बीमा समेत गरेका छैनन अरे ! आफ्नाे परिवार र आफ्नाे नातागोताको जीवन बीमा गराउने त धेरै परको कुरो भयो । यस्तो भएपछि. उनले सायदै आफ्नाे जीवन बीमा अभिकर्ताको लाईसेन्स नवीकरण गरे होलान् ? त्यसो त राष्ट्रिय बीमा समितिले सबै जीवन बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई आफ्नाे लाईसेन्स नवीकरण गर्नका लागि गत असोज मसान्त (२०७९) सम्मको हदम्याद दिएको थियो । त्यसैले सो मितिसम्ममा नेपालका विभिन्नि जीवन बीमा कम्पनीमा कार्यरत आधाभन्दा केही बढी (५८ प्रतिशत) अभिकर्ताहरुले मात्रै आफ्नाे लाईसेन्स नवीकरण गरेका छन् । त्यो वेला ‘इन्स्योरेन्स खबर’ अनलाइनमा प्रकाशित समाचारअनुसार सो तथ्यांक विसं २०७८ को चैत मसान्तसम्मको मात्रै हो । विसंं २०७९ यताका नयाँ जीवन बीमा अभिकर्ताहरुको तथ्यांक सो तथ्यांकमा सामेल गरिएको छैन । 

ठूलो संख्यामा अभिकर्ता लाईसेन्स नवीकरण नगर्ने प्रवित्ती कसरी रोक्ने ? 

यसरी नेपालमा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेका वा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएका अभिकर्ता (एजेन्ट) मध्ये ४२ प्रतिशतले आफ्नाे लाईसेन्स नै नवीकरण नर्गनुको खास कारण के हो त ? सम्बन्धित सरोकारवाला निकायहरुले खोज्नुपर्ने देखिन्छ । किनभने, यो पंक्तिकारले देखेअनुसार र अनुभव गरेअनुसार नेपालमा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेर केही कमाई गर्ने, त्यसैले (बीमा गराएवापत आउने कमिसनले) गुजारा गर्ने, आर्थिक रुपमा जीवन बीमा अभिकर्ता भएरै आफ्नाे आर्थिक संकटलाई भरथेग गर्ने एक सशक्त माध्य बनाउने, जीवन बीमा सम्बन्धी ज्ञान अरुलाई पनि लिने दिने र आफूले जीवन बीमाका सम्बन्धमा नजानेका अथवा जान्न, सिक्न बाँकी रहेका कुरोहर जान्ने बुझ्ने, जीवन बीमाका सम्बन्धमा व्यापक रुपमा जनस्तरमा जनचेताना फैलाउने आदि उदेश्य लिएरभन्दा पनि आफूले गर्ने जीवन बीमाको कमिसन अरुलाई किन खान दिने ? भन्ने माथि एक प्रसंगमा भनिएझैँ एक छिनको क्षणिक फाइदा मात्रै हेर्ने प्रवित्ती (छोटो बुद्धि भएका अभिकर्ता बन्नेहरु !) अभिकर्ता बन्नेहरु धेरै भएकोले गर्दा हो । त्यसैले त हाल (गत वर्ष) सम्म दुई लाख ५० हजार जनाले जीवन बीमा सम्बन्धी तालिम लिएर जीवन बीमा अभिकर्ता बनेको तथ्यांक रहेको देखिए तापनि ती मध्ये एक लाख पाँच हजार जना जीवन बीमा अभिकर्ताहरुले आफ्नाे लाईसेन्स नवीकरण गरेनन् । यो संख्या आगामी दिनमा झनै घट्ने देखिन्छ ।    

हुनत म आफ्नाे नामको अगाडि ‘लाईफ इन्स्योरेन्स सम्बन्धी विज्ञ, विद, वरिष्ठ आदि फुर्को झुन्ड्याईने–झुन्ड्याईएको व्यक्ति नै हुँ, नत म ननलाईफ इन्स्योरेन्स सम्बन्धीकै विज्ञ, विद वा कार नै हुँ !’ तापनि हालसम्म मैले जीवन बीमा कम्पनीमा एजेन्ट भएर काम गरेको अनुभव र मेरो व्यक्तिगत विचारको आधारमा केही भन्नु पर्दा वा लेख्नु पर्दा लाईफ इन्स्योरेन्स कम्पनी, ननलाईफ इन्स्योरेन्स कम्पनी र रि–इन्सयोरेन्स कम्पनीका साथै सम्बन्धित सरोकारवाला निकायले लाईफ, ननलाईफ र पुनर्बीमा, तीनै क्षेत्रमा काम गर्ने बीमा अभिकर्ता बन्न चाहनेहरुका लागि केही न केही पूर्व सर्त लागू गर्नुपर्ने र, ती पूर्व सर्तहरु पूरा नगरेको खण्डमा अर्को वर्ष स्वतः लाईसेन्स खारेज हुने व्यवस्था गर्नुपर्ने देखिन्छ । उदाहरणका लागि यहाँ केही नमुनाहरु प्रस्तुत गरौं । जस्ते मानौं कि कुनै व्यक्ति जीवन बीमा सम्बन्धी तालिम लिएर अभिकर्ता बन्यो । त्यसरी जीवन बीमा अभिकर्ता बनेपछि उसले (अभिकर्ताले) एक वर्षमा कम्तिमा ५० हजार प्रिमियम ल्याउनैपर्ने वा ३ जना व्यक्तिलाई जीवन बीमा गराउनैपर्ने सीमा वा पूर्व सर्त राख्न सकिन्छ । अन्यथा अर्को वर्ष उसको लाईसेन्स नवीकरण स्वतः खारेज हुने अथवा लाईसेन्स नवीकरण नहुने व्यवस्था गर्न सकिन्छ । 

अन्तिममा निचोडसहित भन्नु पर्दा समग्र बीमासँग सम्बन्धित निकायले मैले मेरो यो छोटो लेखमा उल्लेख गरेअनुसार केही व्यवस्थाहरु गर्न सकेको खण्डमा एकैचोटि–एकैपटक ४२ प्रतिशतसम्म जीवन बीमा अभिकर्ताले आफ्नाे लाईसेन्स नै नवीकरण नगर्ने प्रविद्घिमा पनि स्वतः कमी आउला कि ? साथै नेपालमा कार्यरत जुनसुकै जीवन बीमा कम्पनीहरुले आफ्नाे कम्पनीमा यति संंख्यामा अभिकर्ताहरुले तालिम लिएका छन्, भनी अरु जीवन बीमा कम्पनीको भन्दा आफ्नाे  कम्पनीको संख्या धेरै देखाउनका लागि मात्रै भन्दा पनि कम संख्या भए पनि जीवन बीमा राम्रो सँग बुझेको वा बुभ्mन चाहने, अभिकर्ता तालिम लिई सकेपछि कम्तिमा आफ्नाे, आफ्नाे परिवार र नजिकका नातागोताको पनि जीवन बीमा गराउने सक्ने, जुनसुकै समयमा पनि बीमित हुन चाहने व्यक्तिले बोलाएको समयमा उपस्थित हुन सक्ने साथै तालिम अवधिभरि समय दिएर सुन्न र सिक्ने धैर्यता भएका मानिसहरुलाई मात्रै जीवन बीमा एजेन्ट बन्न प्रोत्साहित गर्ने हो कि ? अन्यथा जो पायो त्यही व्यक्तिलाई अभिकर्ताको तालिम दिँदा कापी र कलमको मात्रै नाश हुने देखिन्छ । यसरी हेर्दा लाखौ थान कापी एवम् कलमको होलसेल मूल्य मात्रै हिसाव गर्दा पनि नेपालका जीवन बीमा कम्पनीहरुले केही अर्बको खर्च व्यर्थमै खेर गएको हुँदो हो भन्ने यो लाटो–बुँङ्गो कुलुङेको अनुमान हो ।

लेखककाे नोट : म ‘नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एजेन्ट हुँ । साथै हाल म कोटेश्वर उपशाखामा कार्यरत छु ।
                                                      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको