Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको साधारणसभा आज, के-के प्रस्ताव हुँदैछन् पारित ?

अर्थ संसार

आइतबार, १५ माघ २०७९, ०६ : २४ मा प्रकाशित

नेको इन्स्योरेन्सको साधारणसभा आज, के-के प्रस्ताव हुँदैछन् पारित ?

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज माघ १५ गते, लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ ३ गते बुकक्लोज गरेको थियो त्यसैले माघ २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको