Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको नाफामा पहिराे, रिजर्भको आकारमा भने ७४ प्रतिशतको बढोत्तरी

अर्थ संसार

आइतबार, १५ माघ २०७९, ०८ : २९ मा प्रकाशित

आशा लघुवित्तको नाफामा पहिराे, रिजर्भको आकारमा भने ७४ प्रतिशतको बढोत्तरी

आशा लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३ करोड ६९ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ८ करोड ८० लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५९.०६ प्रतिशतले घटेर ३ करोड ६९ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १२ करोड ५५ लाख ९३ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि २४.३४ प्रतिशतले घटेर १३ करोड ३४ लाख २९ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ३९ लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड ७२ लाख रुपैयाँ रहेको छ यो अवधिमा संस्थाको रिजर्भको आकार ७४ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ १७ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ८७ पैसा रहेको छ त्यसैगरी संस्थाको खराब कर्जा ०.९७ प्रतितशले ले बढेर ४.८२ प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको