Like us!
Follow us!
Connect us!
Watch us!

७० बढी स्टार्टअपको सहभागी हुने ‘रिभ्याम्प नेपाल’ को पाँचौँ संस्करण माघ २८ गतेदेखि हुने

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, १४ : १३ मा प्रकाशित

७० बढी स्टार्टअपको सहभागी हुने ‘रिभ्याम्प नेपाल’ को पाँचौँ संस्करण माघ २८ गतेदेखि हुने

कोभिड महामारीबाट प्रभावित बनेको नेपालकाे स्टार्ट- अप र व्यवसायीक अर्थतन्त्रलाई पुनरुत्थान गर्न प्रेरित गर्न मद्दत गर्ने उद्देश्यले सुरुवात भएको रिभ्याम्प नेपालको पाँचौँ संस्करण माघ २८ गते शनिबार ठमेलस्थित छाया सेन्टरमा हुने भएको छ।

नेपालमा विभिन्न वस्तु तथा सेवा दिँदै आएका विभिन्न ७० बढी स्टार्ट- अप र उत्पादन सहभागी रहनेछन् । नबिल बैंकको प्रयोजन तथा फाइब्रो नेपाल र आइडिया जार डिजिटल संयुक्त आयोजना हुन लागेको रिभ्याम्प नेपालको पाँचौँ संस्करणमा सात हजार बढी व्यक्तिको सहभागिता रहने आयोजक सुरज राज पाण्डे बताउँछन् । 

उनले रिभ्याम्प नेपाल नेपालको स्टार्ट अप इकोसिस्टम सपोर्टर रहेको र देशभरका विभिन्न वस्तु, सेवा प्रदान गर्दै आएका नवीनतम सोच भएका नवप्रवर्तन स्टार्ट-अपहरुलाई एकै ठाउँमा ल्याएर स्टार्ट-अपहरुको सेवालाई सहभागी र ग्राहकसम्म पुर्याउन सहयोग गर्ने गरेको बताए ।

‘रिभ्याम्प नेपाल’ को पाँचौँ संस्करण सहभागी हुन स्टार्ट अप ‘रिभ्याम्प नेपाल’ को वेवसाइटबाट दर्ता गर्न सक्छन् भने अवलोकनकर्ताले नि:शुल्क रुपमा कार्यक्रमको अवलोकन गर्न सक्छन् ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको