Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रदको प्रस्ताव पारित गर्न सिनर्जी पावरले डाक्यो विशेष साधारणसभा

अर्थ संसार

विहीबार, १९ माघ २०७९, ०६ : ५७ मा प्रकाशित

हकप्रदको प्रस्ताव पारित गर्न सिनर्जी पावरले डाक्यो विशेष साधारणसभा

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न बिशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको माघ १७ गते बसेको सञ्चालक समिती बैठकले साधारणसभा डाक्ने निर्णय गरेको हो । 

कम्पनीका अनुसार बिशेष साधारणसभा फागुन ४ गते बिहिबार कम्पनी रजिष्टार्डको कार्यलय काठमांडौमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाईसकेको छ ।  कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणधिन सिप्रिङ खोला जलविद्युत आयोजना निर्माण गर्न हकप्रद मागेको हो। 

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको