Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीमा आउला त मेलम्चीको पानी पुसभित्र ?

मंगलबार, २० भदौ २०७४, १३ : २९ मा प्रकाशित

राजधानीमा आउला त मेलम्चीको पानी पुसभित्र ?

अर्थ संसार, काठमाडौँ– विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले ‘मधेशी जनताको भावना बुझ्ने पार्टी काँग्रेस भएकाले’ काँग्रेसले धेरै तहमा निर्वाचन जित्ने बताउनुभयो ।

“काँग्रेसले तराईमा राम्रा व्यक्तिलाई टिकट दिएको छ, १०६ स्थानमा जित हासिल गर्छौं ।” उहाँले १३६ स्थानीय तहमध्ये ११५ स्थानीय तहको उम्मेदवार टुंगिसकेकाले अरु उम्मेदवार पनि आजै टुंगो लगाइने बताउनुभयो ।

खानेपानी तथा सरसफाइमन्त्री यादवले आगामी पुसभित्र मेलम्ची खानेपानी राजधानीभित्र आइसक्ने बताउनुभयो । उहाँले मेलम्चीको सुरुङ खन्ने काम २७।५ किमीमध्ये १।८ किलोमिटर बाँकी रहेको जानकारी पनि दिनुभयो ।

नेकपा (एमाले)का नेता सोमप्रसाद पाण्डेयले स्थानीय तहको दुई चरणमा भएको निर्वाचनमा पहिलो पार्टी एमाले भएजस्तै तेस्रो चरणको निर्वाचनमा पनि पार्टीले बहुमत हासिल गर्ने बताउनुभयो ।

उहाँले एमालेले मुलुकको हितमा काम गर्ने जुनसुकै दलसँग पनि तालमेल गर्ने स्पष्ट पार्नुभयो । फरक प्रसंगमा पूर्व उद्योगमन्त्री पाण्डेयले सरकारकै मिलोमतोमा सुन कारोबार भइरहेको आरोपसमेत लगाउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता अमललाल मोदीले तराईका अधिकांश स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुने बताउनुभयो । उहाँले आफ्नो राम्रो भएको क्षेत्रमा एक्लै लड्ने र नभएको स्थानमा नेपाली काँग्रेस र मधेशी दलसँग सहकार्य गरिने स्पष्ट पार्नुभयो ।

राजपाका नेता केशव झाले प्रदेश नं २ मधेशी दलको क्षेत्र भएकाले ९० स्थानमा राजपाले जित हासिल गर्ने जिकिर गर्नुभयो । उहाँले स्थानीय नेताको आवश्यकतानुसार काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र माओवादी केन्द्रसँग सहकार्य हुने जानकारी दिनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको