Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, लगानीकर्ताले अधिकतममा ८८१ कित्तासम्म पाए सेयर

अर्थ संसार

बुधबार, २५ माघ २०७९, ०८ : २४ मा प्रकाशित

मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, लगानीकर्ताले अधिकतममा ८८१ कित्तासम्म पाए सेयर

मोलुङ्ग हाइड्रोपावर  कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । उक्त आईपीओ हिजो माघ २४ गते बाँडफाँड गरिएको हो । 

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको थियो ।

मोलुङ्ग गाँउपालिकाको वडा नं. १ देखि ८ सम्मका बासिन्दाहरुको लागि बाँडफाँड गर्दा कूल १,९२७ जना आवेदकहरुबाट ४,२२,४५० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ८०० कित्ता माग गर्ने १,८०७ जना आवेदकहरुलाई माग बमोजिम र ९०० कित्ता देखि १,००० कित्ता माग गर्ने १२० जना आवेदकहरुलाई ८२० कित्ताका दरले शेयर शेयर बाँडफाँड गरियो ।

सुनकोशी गाउँपालिका वडा नं.१ देखि १० सम्मका बासिन्दाहरुको लागि बाँडफाँड गर्दा कूल १,५८१ जना आवेदकहरु मार्फत २,५२,८९० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ३३० कित्ता माग गर्ने १,४०७ जना आवेदकहरुलाई माग बमोजिम, ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ आवेदकहरुलाई ३३० कित्ता शेयर बाँडफाँड गरियो । साथै बाँकी रहेको ८८५ कित्ता शेयर ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना आवेदकहरुलाई गोलाप्रथाबाट थप १०÷१० कित्ताका दरले ८८ जना सफल आवेदकहरुलाई ८८० कित्तासाथै बाँकी बचेको ५ कित्ता शेयर पुन ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना गोलाप्रथाबाट थप १ ÷१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरियो । 

त्यस्तै सिद्दिचरण नगरपालिका वडा नं. १ देखि १२ सम्मका बासिन्दाहरुबाटको लागि  बाँडफाँड गर्दा कूल २,११२ जना आवेदकहरु मार्फत २,९५,३७० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि १७० कित्ता माग गर्ने १,६५२ जना आवेदकहरुलाई माग बमोजिम, १८० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई १८० कित्ता शेयर बाँडफाँड गरियो ।
बाँकी रहेको ३,९२५ कित्ता शेयर १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाईगोलाप्रथाबार्ट १०÷१० कित्ताका दरले ३९२ जना सफल आवेदकहरुलाई ३,९२० कित्ता बिाँडफाँड गरियो । साथै बाँकी बचेको ५ कित्ता शेयर पुन १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबाट १÷१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरियो । 

कम्पनीको आईपीओको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेडको वेबसाइटबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको