Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोपावरको बिद्युत बिक्रि आम्दानी ४.८३ करोड, अन्य सूचक कस्ता ?

अर्थ संसार

विहीबार, २६ माघ २०७९, ०८ : १२ मा प्रकाशित

युनियन हाइड्रोपावरको बिद्युत बिक्रि आम्दानी ४.८३ करोड, अन्य सूचक कस्ता ?

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा झिनो गिरावट आएको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा १ करोड ९६ लाख ८८ हजार रुपैयाँ नाफामा छ । यो नाफा गत वर्षको भन्दा ०.४४ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड ९७ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १ प्रतिशतले घटेर ४ करोड ८३ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ४ करोड ८८ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार २ करोड ६२ लाख रुपैयाँ नकारात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ५ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ ९६.४९ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको