Like us!
Follow us!
Connect us!
Watch us!

२९४ प्रतिशतले बढ्यो युनियन हाइड्रोपावरको नाफा, ईपिएस कति ?

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०७ : ४१ मा प्रकाशित

२९४ प्रतिशतले बढ्यो युनियन हाइड्रोपावरको नाफा, ईपिएस कति ?

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ३ करोड १३ हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा २९४.५४ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ७६ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ८ करोड २९ लाख ६१ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २२.६९ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ७६ लाख ६ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ४ करोड ६० लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ८६ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62f9a7c611c45.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको