Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको नाफा बढेर ५१ करोड पुग्यो, अन्य वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, ०७ : ३० मा प्रकाशित

नागरिक लगानी कोषको नाफा बढेर ५१ करोड पुग्यो, अन्य वित्तिय अवस्था कस्तो ?

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज मंगलबार प्रकाशित विवरण अनुसार विवरण अनुसार कम्पनीको मुनाफा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषले ५१ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ३८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कोषको खुद ब्याज आम्दानीमा पनि वृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कोषले ८ करोड ८७ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो १३९.३३ प्रतिशतले बढेर २१ करोड २४ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

कोषको खुद ब्याज आम्दानीसँगै सेवा शुल्क र कमिसन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा ५८ करोड ७२ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा वृद्धि भएर ६१ करोड ९ लाख रुपैयाँ पुगेको छ । 

चुक्ता पूँजी ४ अर्ब २५ करोड रहेको कोषको रिजर्भमा १५ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ । समिक्षा अवधिमा कोषको प्रतिसेयर आम्दानी बढेर २४ रुपैयाँ १५ पैसा पुगेको छ । कोषको प्रतिसेयर नेटवर्थ १९५.६५ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको