अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित भएको छ । आज (शुक्रबार) सम्पन्न साधारणसभाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश पारित भएको हो ।
त्यसै गरी साधारणसभाबाट कम्पनीले निर्माण गर्न लागेको बुदुम खोला जलविद्युत अयोजना (१४.५०) मेगावाटको लागि ऋण स्वीकृत लगायतका एजेण्डामाथि छलफल गरी पारित गरिएको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेथिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस