Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, १८ असोज २०८१, ०७ : ३३ मा प्रकाशित

लाभांश पारित गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अरुण भ्याली हाइड्रोपावरले २७औँ वार्षिक साधारणसभा बोलाएको छ।  कात्तिक १४ गते काठमाडौंको गौशालास्थित होटल क्रिस्टलमा बिहान ११ बजे साधारणसभा सुरु हुनेछ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थासँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने उजेण्डा पनि साधारणसभाका छन्।

त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुकक्लोज हुनेछ। कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको