Like us!
Follow us!
Connect us!
Watch us!
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धकले १० करोड घुस मागेको आरोप

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, १३ : २० मा प्रकाशित

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

सरकारले नेपाल नागरिक उडडयन प्राधिकरण, त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ । 

थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक  उडडयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ मन्त्रालयका सहसचिव एवम प्रवक्ता राजेन्द्रबहादुर केसीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 


उनका अनुसार उक्त बिषमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको पनि संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको