Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशी हाइड्रोपावर ८२ करोड घाटामा, बिद्युत बिक्रि आम्दानी झण्डै ५ अर्ब

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १० : ०१ मा प्रकाशित

अप्पर तामाकोशी हाइड्रोपावर ८२ करोड घाटामा, बिद्युत बिक्रि आम्दानी झण्डै ५ अर्ब

अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनी घाटामा रहेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ खुद नोक्सानीमा छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनी ३३ करोड ५ लाख १७६ हजार रुपैयाँ खुद नोक्सानीमा थियो । 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने बढेर ४ अर्ब ९८ करोड ५१ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ३ अर्ब ६४ करोड ६५ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ३ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ नकारात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७९् पैसा नकारात्मक र प्रतिसेयर नेटवर्थ ६२.३८ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको