Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफको खुद बीमाशुल्क घटेपनि नाफा भने बढ्यो

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १४ : ५६ मा प्रकाशित

युनियन लाइफको खुद बीमाशुल्क घटेपनि नाफा भने बढ्यो

युनियन लाइफ इन्स्योरेन्स (ULI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । उक्त तथ्यांक गत आर्थिक वर्षको तुलनामा ९.०७ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद नाफा भने ४७.६१ प्रतिशतले बढेर १० करोड ४६ लाख रुपैयाँ पुगेको छ । यो बीमांकिय मूल्यांकन अघिको नाफा हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ५२ करोड ४७ लाख रुपैयाँ, बीमालेख धितोमा १ अर्ब २४ करोड १० लाख रुपैयाँ लगानी गरी ५ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २७ करोड ३२ लाख रुपैयाँ, जीवन बीमा कोषमा १३ अर्ब २४ करोड ७६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको