Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरसम्बन्धी प्रस्ताव स्वीकृत गर्न युनियन लाइफले डाक्यो विशेष साधारणसभा

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, ११ : ४० मा प्रकाशित

मर्जरसम्बन्धी प्रस्ताव स्वीकृत गर्न युनियन लाइफले डाक्यो विशेष साधारणसभा

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको हिजो चैत १९ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो वैशाख ६ गते गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित् टाइगर प्यालेस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुने कम्पनीले जनाएको छ।

सभाले युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफबीचको मर्जरसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। मर्जपछि बन्ने कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सोही सभाले मर्जर प्रयोजनका लागि १ः१ः१ सेयर स्वाप रेसियो कायम गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ। हालसम्म भएका मर्जरसम्बन्धी सम्पूर्ण सम्झौता तथा कार्यहरु सभाले स्वीकृत गर्नेछ। मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको काठमाण्डौ वडा नं. १ मा रहने तथा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २७ गते बुक कलोज गर्ने निर्णय गरेको छ। तसर्थ चैत २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको