Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र बंगलादेशबीचको सम्बन्ध प्रकाढ बनाउनुपर्छ- नेता झाक्री

अर्थ संसार

आइतबार, २९ माघ २०७९, २२ : ०४ मा प्रकाशित

नेपाल र बंगलादेशबीचको सम्बन्ध प्रकाढ बनाउनुपर्छ- नेता झाक्री

नेकपा एकीकृत समाजवादीका सचिव तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको बताउनुभयो । विगत लामो समयदेखिको नेपाल बंगलादेशबीचको सम्बन्धलाई थप व्यवसायिक तथा साँस्कृतिक आदन प्रदान गर्नुपर्ने समेत उहाँले बताउनुभएको हो ।

अभिवादन एक्सपिडिशन होलिडेजले आयोजना गरेको साउथ यशिया बिजनेश पार्टनरशिप र नेपाल बंगलादेश फ्रेण्डशिप सोसाईटीको कार्यक्रममा पूर्व मन्त्री झाक्रीले नेपाल बंगलादेशका पुराना सम्बन्धहरुलाई बलियो बनाउनका लागि समुदाय समुदायबीचको साझेदारी गर्दै अगाडी बढ्दा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । दुईदेश बीचको व्यापार साझेदारीकालागि नेपालका विभिन्न कानुन बनाउनुपर्ने र कतिपय कानुन परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष दीपक निरौंलाले दुईदेश बीचमा आपशी सहकार्य गर्दै समजदारी गरेर विभिन्न कामगर्न सकिने बताउनुभयोे । उहाँले भन्नुभयो, “नेपाल बंगलादेशका नागरिक आपसी सम्बन्ध सुमधुर बनेको समेत बनाउनुभयो । नेपालका धेरै विद्यार्थीहरु बंगलादेशमा गएर स्वास्थ्य विज्ञान क्षेत्रमा गएर राम्रोसँग  अध्ययन गर्दै आएको बताउनुभयो ।

नेपाल कृषि तथा जडिबुटीको बजार रहेको बताउँदै जडीबुटीलाई बंगलादेशमा बजारीकरण गर्न सकिने धारणा राख्नुभयो । दुईदेशबीच मैत्रीपुर्ण सम्बन्ध विस्तार गर्दै पर्यटकहरुपनि आदान प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।

साउथ एशिया बिजनेश पार्टनरशिपका अध्यक्ष गोलाम फारुक मजनुले पर्यटन तथा व्यापारिक सम्बन्ध अझ मजबुत बनाउदा दुई देशबीच आर्थिक रुपमा पनि सकारात्मक प्रभाव पर्ने धारणा राख्नुभयो ।
 

63e911da49d0e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको