Like us!
Follow us!
Connect us!
Watch us!

एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज, अहिलेसम्म कति पर्यो आवेदन ?

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, ०७ : २९ मा प्रकाशित

एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज, अहिलेसम्म कति पर्यो आवेदन ?

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गतेसम्म आवेदन अन्तिम दिन ताेकेकाेमा सरकारले २ गते सार्वजनिक विदा दिए पछि एक दिन थप गरिएको हो ।  

सीडीएसका अनुसार फागुन २ गतेसम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २१.०५७ गुणा बढी आवेदन हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्येकाे १० प्रतिशत अर्थात ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १६ हजार ८०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ९७ हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको