Like us!
Follow us!
Connect us!
Watch us!

एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, सेयर पाउने भाग्यमानी कति ?

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, ०८ : ०० मा प्रकाशित

एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, सेयर पाउने भाग्यमानी कति ?

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज फागुन १४ गते, आईतबार बाँडफाँड हुने भएको हो। आइपीओ बाँडफाँड बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आईतबार बिहान ९ बजे हुने छ ।

सीडीएसका अनुसार आवेदन दिने अन्तिम दिनसम्ममा १४ लाख ९२ हजार ७७८ जनाले आवेदन दिएका हुन् । यो मागभन्दा २३.८४ गुणा बढी आवेदन हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्येको १० प्रतिशत अर्थात ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १६ हजार ८०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ९७ हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ६९ हजार ७२० जनाले मात्रै सेयर पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको