Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सबैको लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, ०७ : ५८ मा प्रकाशित

लाभांश पारित गर्न सबैको लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको छंठौँ बार्षिक साधारणसभा फागुन २६ गते मस्र्याङ्दी रिभर रिसोर्ट, बन्दिपुर तनहुँमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९५ प्रतिशत नगद लाभांश गरी कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्तमव पारित गर्नेछ ।

त्यस्तै सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि कार्य गर्ने अधिकार सञ्चालक समितीलाई प्रत्योजना गर्ने छ । 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन १४ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको