Like us!
Follow us!
Connect us!
Watch us!

सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, ०६ : ४७ मा प्रकाशित

सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९५ प्रतिशत नगद लाभांश गरी कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन १४ बुकक्लोज गर्ने निर्णय गरेको थियो तर फागुन १२ गते शुक्रबार र १३ गते शनिबार परेकाले नेप्सेको दोस्रोबजार कारोबार बन्द हुन्छ त्यसैले आज फागुन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको छंठौँ बार्षिक साधारणसभा फागुन २६ गते मस्र्याङ्दी रिभर रिसोर्ट, बन्दिपुर तनहुँमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

त्यस्तै सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि कार्य गर्ने अधिकार सञ्चालक समितीलाई प्रत्योजना गर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको