नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले नेपालमा राष्ट्रपति निर्वाचनमा सहमति खोजिने प्रस्तावको समर्थन गरेका छन् । उनले राष्ट्रपतिमा दलमा आवद्ध नभएकाहरुलाई अघि सार्दा राम्रो हुने भन्दै चार नाम अघि सारेका छन् ।
उनले राष्ट्रपतिमा देवेन्द्रराज पाण्डे, प्रा.डा. लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम सुझाएका छन् । नेपालमा राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै मुनको यस्तो धारणा सार्वजनिक भएको हो ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा व्यक्तित्व खोज्ने बताउँदै आएका छन् । एमाले र कांग्रेसले भने आ–आफ्नो दलका उम्मेदवार अघि सार्ने तयारी गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस