Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पदका लागि काँग्रेसमै देखियो दुई धार, दलभन्दा बाहिरको व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा उभिए शेखर कोइराला

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १२ : १४ मा प्रकाशित

राष्ट्रपति पदका लागि काँग्रेसमै देखियो दुई धार, दलभन्दा बाहिरको व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा उभिए शेखर कोइराला

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले दलभन्दा बाहिर रहेका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखेका छन् । कांग्रेसमा राष्ट्रपतिको लागि रामचन्द्र पौडेल अघि सरिरहेको बेलामा नेता कोइराला आफ्नो फरक धारणा अशि सारेका हुन् । आज (मंगलबार) सिन्धुलीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्तो धारणा बाहिर ल्याएका हुन् । 

उता काँग्रेसको एक पक्ष भने पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको नाम अघि सार्ने प्रयास गरिरहेको छ । पछिल्लो समय राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रमुख दलका शीर्ष नेताहरुबीच रस्साकस्सी चलेको छ । एमालेले राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्ने तयारी गरेको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कांग्रेसलाई राष्ट्रपति दिएर आफ्नो सत्ता लम्ब्याउने खेलमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको