नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापाले एक ऋणीले, एक संस्थाबाट मात्र ऋण लिन पाउने निर्देशिका कार्यान्वयन गर्न राष्ट्र बैंकसँग माग गरेका छन्। प्रतिनिधि सभाको आज (बुधबार)को बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
उनले कैयौं लघुवित्त संस्थाहरुको कारण गरिबहरु झन गरिबीमा थला परेको बताएका छन् ।
शून्य समयमा बोल्दै उनले भने, ‘एउटा ऋणीले एउटा मात्रै संस्थाबाट मात्रै ऋण लिन पाउने प्रवधान थपेर राष्ट्र बैंकको निर्देशिका प्रभावकारी कार्यन्वयन गर्ने कार्य तत्काल गरियोस् भनेर राष्ट्र बैंकसँग आग्रह गर्छु।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस