नेपालको राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसद गरी उक्त संख्याका मतदाता रहेका छन् ।
तल्लो सदन प्रतिनिधि सभाका २७५, माथिल्लो सदन राष्ट्रिय सभाका ५९ र प्रदेशतर्फ ५५० गरी ८८४ सांसद रहेकोमा ८८१ मतदाता हुनेछन् । तीन जना कम हुने निर्वाचन आयोगले बुधबार जनाएको छ ।
चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सांसद पदबाट मुक्त भएका छन् भने नेपाली काँग्रेसबाट मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ निलम्बित छन् । महोत्तरी १ बाट निर्वाचित सांसद लक्ष्मी चौधरी कोइरी पनि मतदान गर्न नपाउने सूचीमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
संविधान अनुसार संघ र प्रदेशतर्फका सांसदहरु मतदाता हुने व्यवस्था छ । नेपालको २०६८ को जनगणनाका आधारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको प्रत्येक सांसदको मतभार ७९ हुन्छ भने प्रदेश सभातर्फ ४८ मतभार हुने निर्वाचन आयोगले जानकारी दिइसकेको छ ।
यस आधारमा सबैभन्दा बढी नेपाली काँग्रेसको र दोस्रोमा सीपीएन यूएमएल र तेस्रोमा सीपीएन एमकेको रहेको छ । मतभारका आधारमा राष्ट्रपतिमा विजयी हुन कुनैपनि उम्मेदवारले ठूला दुई दलबाट मत पाउनुपर्छ । अन्यथा तीन या तीनभन्दा बढी दलको मत पाउनुपर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस