नबिल बैंक लिमिटेडको संस्थापक सेयर आज (बुधबार) बाट बिक्रीमा आएको छ। बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर फागुन १० गतेबाट बिक्रीमा राखेको हो।
सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदैछ । उक्त सेयरका लागि जो कोही संस्थाले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त सेयर खरिद गर्न चाहनेले फागुन २५ गतेभित्र आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। बैंकसफ अनुसार आवेदन फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस