Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १६ : ५९ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका

प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि बिहिबार (फागुन ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १२ गते बुक क्लाजको मिति तोकेकाले भोलिसम्म मात्र कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

गत आर्थिक वर्षको मुनाफाबाट ६.७० % बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ % नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २३ गते कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी २७औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको