Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कुनको कति ?

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १६ : ०४ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबैको लघुवित्त वित्तिय संस्था लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड र सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडको १८ प्रतिशत प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७११.८६ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबार को अन्तिम कारोबार मूल्य ८४० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्स लिमिटेडको ६.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५२०.९९ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५५५.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरि, सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको ११ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६७४.७७ रुपैयाँ कायम गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य ७४९ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको