नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाअभियोग टुंगो नलाग्नुको कारण सोधेका छन् । आज (बुधबार)को संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले चोलेन्द्रशमशेर राणाको महाअभियोग टुंगो नलाग्नुको कारण सोधेका हुन्।
विशेष समय लिएर बोल्दै उनले भने, ‘निवर्तमान प्रधानन्यायाधीशको महाअभियोग टुंगो लागेको छैन । अहिलेसम्म निराकरण भएको छैन । संविधानको धारा १११ को १० मा स्वत: निष्क्रिय हुने व्यवस्था छ । नियमावलीमा निश्चित व्यवस्था छैन ।’
एक वर्षदेखि सर्वोच्च अदालत कामुमा चलेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । अदालतलाई पूर्णता दिनसमेत उनले बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस