Like us!
Follow us!
Connect us!
Watch us!

आगामी संसदको निर्वाचनमा श्रमिक क्षेत्रबाट १० प्रतिशत उम्मेद्वार हुनुपर्छ – खनाल

आइतबार, २५ भदौ २०७४, १६ : ४५ मा प्रकाशित

आगामी संसदको निर्वाचनमा श्रमिक क्षेत्रबाट १० प्रतिशत उम्मेद्वार हुनुपर्छ – खनाल

अर्थ संसार, काठमाडौं– आगामी संसदको निर्वाचनमा श्रमिक क्षेत्रबाट १० प्रतिशतउम्मेद्वार हुनुपर्ने नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य तथा पेसागत महासङ्घका बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले बताउनुभयो ।

भदौ २४ गते पेसागतमहासङ्घ नेपाल,काभ्रेपलाञ्चोकको तेस्रो जिल्ला अधिबेशनको उद्घाटन गर्दै उपाध्यक्ष खनालले  बदलिँदो परिस्थितिमा अब ट्रेड युनियनहरुको भुमिका राष्ट्रियताको संरक्षण गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकासमा योगदान पुर्याउन र श्रमिकहरुको हकहितका  साथै  जनतालाई छिटोछरितो ढंगले गुणस्तरीय सेवा प्रदान गर्ने रहेको बताउनु भयो  ।

‘ट्रेडयुनियन आन्दोलन भित्र हुर्किरहेको अवसरबाद, अराजकतावाद र अर्थबाद (३“अ”)का बिरुद्ध बैचारिक सङ्घर्ष गरी जिम्मेवार ट्रेड युनियनको रुपमा विकास गर्न केन्द्रीतहुनु पर्नेछ ।’ उपाध्यक्ष खनालले भन्नुभयो– ‘आगामी प्रदेश संसद, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा श्रमिकवर्गको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने गरीउम्मेद्वार छनौट गर्न नेकपा एमालेको ध्यानाकर्षण छ ।’

अधिवेशनमा महासङ्घका केन्द्रीय सल्लाहकार सिताराम मास्के, केन्द्रीय  सदस्य तथा जिल्ला इञ्चार्ज सूर्य अधिकारी, नेकपा एमाले काभ्रेका मोर्चा संगठन प्रमुख कञ्चन अधिकारी, तथा पेसागत ईन्चार्ज हरिदेव गिरी लगायतका वक्ताले मन्तव्यराख्नु  भएको  थियो ।

उद्घाटन समारोहको सभापतित्वम हासङ्घका जिल्ला अध्यक्ष उद्घव अधिकारी, सञ्चालन सचिव राजदास काफ्ले र स्वागत भावना पाण्डेले गर्नुभएको थियो ।

 अधिबेशनलले जिल्ला अध्यक्षमा  हरिश्चन्द्र लामिछाने,उपाध्यक्षमा रेराम हुमागाई, महिला उपाध्यक्ष भावना पाण्डे, सचिबमा आत्माराम महत, सह–सचिवान रुपेन्द्र अधिकारी, कोषाध्यक्षमा सरिता सापकोटा र सदस्यहरूमा भोलानाथ सापकोटा, राम हरिबन्जारा, शारदा नेपाल, गिताश्रेष्ठ, रबिन्द्र पोखरेल,बेली परियार, सरस्वती ढकाल, हुएन्द्र राना मगर, झलक दर्लामी रहेको १५ सदस्यीयजिल्ला  समिति सर्वसम्मत रुपमागठन गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको