Like us!
Follow us!
Connect us!
Watch us!

एमालेका उपमहासचिव ज्ञवालीले भने- राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्छ

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १३ : ४० मा प्रकाशित

एमालेका उपमहासचिव ज्ञवालीले भने- राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्छ

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने बताएका छन् । एमालेले थालेको 'ग्रास रुट अभियान'का लागि फिदिम पुगेका ज्ञवालीले आज (शुक्रबार) बिहान पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

मुलुकमा स्थिरता र भूराजनितिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै ज्ञवालीले कांग्रेस सकरात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताए ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाटो बिराएको ज्ञवालीको आरोप थियो । एमालेको शनिबार बिहान बस्ने सचिवालय बैठकले राष्ट्रपति उम्मेद्वार टुंगो लगाउने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको