Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक दलले बालेनलाई राजीनामा दिन बाध्य बनाएर राजतन्त्र ब्युताउन खोजेको हो ?

रूसा थापा

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १० : २० मा प्रकाशित

राजनीतिक दलले बालेनलाई राजीनामा दिन बाध्य बनाएर राजतन्त्र ब्युताउन खोजेको हो ?

सरकारले सरकारी विद्यालयमा पढ्ने बालबालिकाकालाई प्रत्येक दिन १५ रुपैयाँ बराबरको खाजा दिने निर्णय गर्यो । अधिकांश बालबालिका आर्थिक अभावका कारण बिहान भोकै विद्यालय आउने गर्थे । जसले गर्दा उनीहरु त्यँही खाजा कै भरमा पनि विद्यालयमा पढ्न आउँथे । 
सरकारको यस निर्णयले गरिबका छोराछोरीले पनि पढ्न र खान पाएका छन् भने विद्यालय आउनेको संख्या पनि हवात्तै बढेको छ । यता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरभित्र सरकारी विद्यालयमा अध्ययनरत विद्यालयका लागि महानगरले १० रुपैयाँ खाजा खर्च बढाउने निर्णय गर्यो । 

जसले गर्दा अहिले महानगरभित्र अध्ययनरत विद्यार्थीले दिनहुँ २५ रुपैयाँ बराबरको खाजा पाउँछन् । बालेन मेयरमा निर्वाचित हुनेबित्तिकै महानगरभित्र सञ्चालनमा रहेका सरकारी विद्यालयमा धेरै सुधार आएको छ । अहिले सरकारी विद्यालयको शौक्षिक स्तरमा सुधार आउनुका साथै विद्यालयमा धेरै बालबालिकाको पहुँच बढ्दै गएको छ । 

महानगरभित्रका सरकारी विद्यालयमा अध्ययनरत बालबालिकालाई मेयर बालेनको बारेमा सोधेमा उनीहरु भन्छन्, ‘उनले हाम्रो दिवा खाजा खर्च पनि बढाउने भएको छ, उनले निकै राम्राराम्रा काम गर्दै आइरहनुभएको छ, त्यसैले हामी ठुलो भएपछि बालेन जस्तै बन्छौँ ।’

महानगरभित्र ७७ ओटै जिल्लाका मानिसहरु कोठा भाडामा लिएर बस्छन् । ती ७७ ओटै जिल्लाका मानिसहरुको छोराछोरी सरकारी विद्यालयमा पढ्छन् । यहाँ भाडामा बसेका मानिसहरु चाडपर्व भएको समयमा वा आफ्नो छोराछोरीको विद्यालय बन्द भएको समयमा आफ्नो गाउँघर घुम्न जान्छन् । 

यता आफ्नो गाउँघर पुगेपछि उनीहरुको बालबच्चाले भन्छन्, ‘काठमाडौँ महानगरका मेयर बालेन शाहले हामीलाई दिनहुँ २५ रुपैयाँ खाजा खर्च दिन्छन् ।’ यसरी बालेनको ७७ ओटै जिल्लामा चर्चा छ । महानगरका विद्यार्थीले दिनहुँ २५ रुपैयाँ खाजा खर्च पाएपछि गाउँलगायत अन्य जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बालेनको गुनगान गाउँछन् । 

महानगरका सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुले अन्य जिल्लामा गएर बालेनको नाम लिँदा त्यहाँका भुरादेखि बुढासम्म मख्ख पर्छन् । यता महानगरभित्र कोठा लिएर बस्ने वा आर्थिक अभाव भएका अभिभावकहरु बालेनले यो निर्णयका कारण निकै खुशी हुदैँ धन्यवाद दिन्छन् ।

यता निजी विद्यालयका आफ्ना बालबालिका पढाउन नसक्ने घरधनी समेत बालेनको यो निर्णयको स्वागत गर्छन् । अहिले जोहीकोहीले बालेनको नाम लिदैँ उनको सम्मान् गर्छन् । यता बाटोमा हिड्न मानिसहरुलाई सोधेमा पनि उनीहरु बालेन राम्रो मान्छे हो भन्छन् । मेयरमा निर्वाचित भएपछि बालेनले महानगरभित्र धेरै राम्राराम्रा काम गरेको काठमाडौँबासी बताउँछन् । यता निजी शौचालयलाई पनि सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने समेत उनले निर्णय गरे । 

जुन निकै राम्रो काम हो । अधिकांश मानिसहरु गाउँबाट सहर आउँदा वा काठमाडौँबासी नै आफ्नो घरबाट बाहिर निस्किएपछि उनीहरुलाई जतिसुकै गाह्रो भएपनि दिसापिसाब गर्न आफ्रनै घर जानुपर्ने बाध्यता थियो ।

तर अहिले त्यो अवस्था छैन । अहिले मेयर बालेनको पहलले होटल, रेस्टुरेन्टलगायत कतिपय घरधनीहरुले समेत आफ्नो व्यक्तिगत वा निजी शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिइरहेका छन् । त्यस्तै, महानगरलाई सुन्दर र व्यवस्थित बनाउने अभियान सञ्चालन गरेका बालेनले काठमाडौँमा जथाभावी फुटपाथमा व्यापारव्यवसाय गर्नेहरुलाई समेत हटाए । 

फुटपाथका कारण पैदलयात्रीलाई हिड्न समेत गाह्रो हुने र दुर्घटना जोखिम हुने समस्या अहिले महानगरभित्र निकै कम भएको छ ।

काठमाडौँबासीले गत बैशाख ३० गते स्थानीय निर्वाचनमा ६३ हजारभन्दा बढी मत दिएर बालेनलाई मेयरमा निर्वाचित गरेका थिए । त्यसैले, अहिले बालेनलाई मतदान गर्ने काठमाडौँबासीको देशैभर चर्चा छ । 

यता काठमाडौँबासीले बालेनलाई मतदान गरेर जिताए त उता बालेनले यसअगाडिका मेयरहरुले गर्न नसकेको काम गरेर देखाए । अहिलेपनि बालेनको पक्षमा देशैभरका जनता छन् । यति मात्र नभई बालेनको काम देखेर एमाले र काँग्रेसका कार्यकर्ता पनि मख्ख परेका छन् । 

बालेन मेयरमा निर्वाचत भएपछि उनले यसरी काम गर्छन् ? भनेर सायद काठमाडौँबासीले समेत कल्पना गरेका थिएनन् । तर, पछिल्लो समय कति राजनीतिक दलहरु बालेनको खुट्टा तान्न लागिपरेका छन् । यता बालेनलाई काठमाडौँबासीले भोट दिएको देखेर वा काम गरेको देखेर रवि लामिछानेले पनि राष्ट्रिय स्वतन्त्र पार्टी खोले । 

बालेनकै नाम बेचेर रवि लामिछानेको पार्टीले चुनाव जित्यो । यता चुनाव जित्नेबित्तिकै सरकारमा पुग्यो तर लामिछानेको पार्टीले सरकार पुगेपछि सिन्को पनि भाचेन । अबको पाँच वर्षपछि रास्वपालाई जनताले मतदान गर्ने छैनन् । तर, महानगरका मेयर बालेनले जुनसुकै क्षेत्रबाट चुनाव लडेपनि उनलाई जनताले मतदान गर्ने छन् । 

अहिले सञ्चारमाध्यमका कारण कसले कुन समयमा के काम गर्यो भनेर जनता थाहा पाउने भइसकेका छन् त त्यसैलाई मौका आएपछि प्रयोग गर्ने गर्छन् । अहिले बालेनलाई राजनीतिक दलहरुले असफल बनाउन खोजेपनि जनता बालेनकै साथमा छन् । उनीहरु बरु राजनीतिक दलको विरोधमा सडकमा उत्र्रिछन् तर बालेनको साथ छोड्दैँनन् । 

एउटा उदाहरण नै भन्दा भक्तपुरको क्षेत्रनं. २ का जनताले महेश बस्नेतले बालेनको विरुद्ध बोल्दा भक्तपुरबासीले महेश बस्नेतलाई चुनावमा हराए । तर, यो त एउटा उदाहरण मात्र हो । यदि भोलि कसैले बालेनलाई असफल बनाउन खोजेमा वा बालेनलाई मेयर पदबाट राजीनामा दिन बाध्य बनाएमा कुनै जिल्लाका मानिसहरु मात्र सडकमा नआई देशैभरका जनता सडकमा उत्र्रिछन् । 

अहिले बच्चादेखि बुढासम्म बालेनको पक्षमा छन् । बालेन थोरै बोल्छन् तर काम गरेर देखाउँछन् । अन्य राजनीतिक दलका नेता वा रास्वपाका सभापति रवि लामिछाने भाषण भने ठुल्ठुल्ला गर्ने तर काम भने सिन्को नभाच्ने । अहिले सार्वजनिक स्थलमा मानिसहरु भन्छन्, ‘बालेन कि त पृथ्वीनारायण शाहको रुपमा जन्मिएका हुन् होइन भने देशको प्रधानमन्त्री हुनका लागि नै जन्मिएका हुन् ।’

अहिले देशको प्रधानमन्त्रीको रुपमा बालेनको आवश्यकता परिसकेको सर्वसाधारणको भनाई छ । बालेनलाई काठमाडौँ महानगरको मेयरका रुपमा मात्र नहेरी देशको आवश्यकताको रुपमा हेरिन्छ । बालेनकै कारण अहिले काठमाडौँबासीको शिर गर्वले ठाडो भएको छ । यता बालेनको कामले देशैभरिका जनताको मन खिचिएको छ । 

अहिले प्रत्येक नेपालीको मनमा बालेन बसिसकेका छन् त अब नेपालीको मनबाट बालेनलाई निकाल्न राजनीतिक दलहरुलाई गाह्रो परिसकेको छ । राजनीतिक दलहरुले बालेनलाई काम गर्न नदिई राजीनामा दिन लगाएमा यहाँ अर्को युद्ध सुरु हुनेछ । त्यसबेला अहिलेको राजनीति सबै सिद्धिनसक्छ त पूर्व राजा ज्ञानेन्द्र शाहले बालेनलाई विश्वास दिलाउन सकेमा बालेनले राजतन्त्र फर्काउन सक्छन् । 

बालेनलाई चलाउनु भनेको अजिंगरको गोलामा हात हाल्नु बराबर हो । बालेनले यति छोटो समयमै धेरै काम गरेर जनताको मन जिते । जुन राजनीतिक दलहरुका लागि दुर्भाग्य हो । अब राजनीतिक दलहरुले हामी बालेनलाई असफल बनाई अर्को निर्वाचनमा चुनाव जित्छौँ भनेर सोचेको भए यो सम्भव हुने छैन । 

अहिले बालेनको समर्थनका लागि उनलाई मतदान गर्ने मानिसहरु मात्र सडकमा नआई यहाँ डेरामा बसोबास गर्ने ७७ ओटै जिल्लाका मानिसहरु सडकमा उत्र्रिनेछन् । अबको पाँच वर्षपछि बालेन फेरिपनि मेयरमा उठेमा उनले लाखभन्दा बढी मत पाउँछन् । बालेनका गरेका राम्रा कामका बारेमा अहिले देशैभरका जनता सूसुचित भइसकेका छन् । 

यता राजनीतिक दलहरुलाई पनि बालेनको कामका लागि छटपटी भइरहेको छन् । काठमाडौँका मेयर र महानगरीय प्रहरीले धेरै काम गरेर देखाइसकेका छन् तर काठमाडौँसँगै जोडिएको ललितपुर भुक्तपुरका मेयर र प्रहरीहरु घाम तापेर बसिरहेका छन् । 

काठमाडौँका मेयर बालेन र महानगरीय प्रहरीको जताततै चर्चा छ तर ललितपुर र भक्तपुरको मेयरको नाम सोधेमा पनि अधिकांशलाई थाहै हुदैँन । यसबाट ललितपुर र भक्तपुरका मेयर र प्रहरीले काम नगरी दाम मात्र कमाइरहेको स्पष्ट हुन्छ । यीनीहरु काम भने गर्दैनन् तर जनताले तिरेको करबाट तलबभत्ता, सरकारी गाडीलगायत अन्य सेवासुविधा भने लिन्छन् । 

ललितपुरबासी र भक्तपुरबासी अहिले आफैँले मतदान गरेर जिताएको जनप्रतिनिधिदेखि निराश भएका छन् । काठमाडौँबासीले आफ्नो मत बालेनलाई दिपछि अहिले देशको राजधानी काठमाडौँमा धेरै परिवर्तन भएको छ । एक वर्षअघि र एक वर्षपछिको काठमाडौँ हेर्दा विश्वास नै नलाग्ने भएको छ । 

दुई वर्षअघिको काठमाडौँ र अहिलेको काठमाडौँको बारेमा कोहीलाई सोधेमा उनीहरु बालेनले राम्रो काम गरेको खुलेर बताउँछन् । यता बालेनकै सिको सिकेर अहिले कति गाउँपालिका तथा नगरपालिकाका मेयरहरुले काम गरिरहेका छन् । जो मानिसले राज्यलाई कर तिर्दैन थियो, जसले सार्वजनिक जग्गा कब्जा गरेर आफु कमाउँथ्यो । हो तीनीहरुको अहिले बालेनको काम देखेपछि सात्तो गएको छ । 

यता सुकुम्बासीको नाममा हुकुम्बासीहरु सरकारी जग्गा कब्जा गरेर बस्नेहरुको पनि बालेनदेखि सात्तो गएको छ । राजनीतिक दलका नेताले आफ्नो पक्षका लागि जतिसुकै भाषण गरेर जनतालाई सडकमा ल्याउन खोजेपनि उनीहरु यस्ता नेताहरुको पक्षमा सडकमा नआई बालेनकै पक्षमा सडकमा उत्र्रिछन् । अहिले तीन करोड नेपाली जनतालाई बालेनसँग आश छ । उनीहरु बालेनसँग हजारौँ मान्छे देशमा जन्मिएपछि मात्र देशमा भएका बेथितिको अन्त्य हुने बताउँछन् । बालेनको पछाडि देशभरका जनता छन् त राष्ट्रलाई बालेनको आवश्यकता छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको