निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक पदमा २ जनालाई नियुक्त गरेको छ ।
शुक्रबार बिहान १० बजे संस्थाको केन्द्रीय कार्यालय भगवतीबहाल, नक्साल, काठमाडौँको सभाहलमा बसेको शेयरधनीहरूको चौबिसौं वार्षिक साधारण सभाबाट समूह ‘क’ संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने गरी हरि कृष्ण पन्त र देवेन्द्र बहादुर राउतका साथै समूह ‘ख’ सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने गरी टोप बहादुर रायमाझी र संम्रिता तिवारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
यस्तो छ कम्पनीले जारी गरेको विज्ञप्तिः
उपरोक्त सम्बन्धमा यस संस्थाको (कम्पनी दर्ता प.लि. ६९१ ०५५ ५६) मिति २०७९ २०७९ ११ १२ गते शुक्रबार बिहान १०ः०० बजे संस्थाको केन्द्रीय कार्यालय भगवतीबहाल, नक्साल, काठमाण्डौंको सभाहलमा बसेको शेयरधनीहरूको चौबिसौं वार्षिक साधारण सभाबाट समूह “क” संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना संचालक पदमा श्री हरि कृष्ण पन्त र श्री देवेन्द्र बहादुर राउत साथै समूह “ख” सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना संचालक पदमा श्री टोप बहादुर रायमाझी र श्रीमती संम्रिता तिवारी निर्विरोध निर्वाचित हुनु भएको ब्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।
यस संस्थाको मिति २०७९।११।१२ मा बसेको संचालक समितिको २९७ औं बैठकमा समितिको अध्यक्षबाट नवनिर्वाचित संचालकहरू श्री हरि कृष्ण पन्त, श्री देवेन्द्र बहादुर राउत, श्री टोप बहादुर रायमाझी र श्रीमती संम्रिता तिवारी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको सपथ ग्रहण लिनु भएको व्यहोरा समेत अनुरोध गर्दछु ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस