Like us!
Follow us!
Connect us!
Watch us!

संवाद नै श्रम सम्बन्ध सुधारको उपयुक्त विकल्पः उपाध्यक्ष संघई

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १० : ५१ मा प्रकाशित

संवाद नै श्रम सम्बन्ध सुधारको उपयुक्त विकल्पः उपाध्यक्ष संघई

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले श्रम सम्बन्ध सुधारको लागि सामाजिक संवाद निकै महत्वपूर्ण हुने बताएका छन्  । हिजो (आइतबार) काठमाडौंमा महासंघ रोजगारदाता परिषद्को बैठक तथा अन्तरक्रिया कार्यक्रममा संघाईले श्रम सम्बन्धी कुनै पनि विवादको शान्तिपूर्ण र वार्ताको माध्यमबाट समाधान खोज्नु पर्नेमा जोड दिँदैे समस्या समाधानको भरपर्दो तथा उपयुक्त विधि यही नै भएको उल्लेख गरेका हुन् ।

महासंघ रोजगार परिषद्को सभापति समेत रहेका संघईले कार्यक्रममा ट्रेड युनियन र सरकारसँग निरन्तर सम्पर्कमा रही बन्द हडतालमा जाने स्थितिको अन्त्य गरिएको समेत उल्लेख गरे । तुलनान्मक रुपमा श्रम विवादको संख्यामा कमी आए पनि श्रम सम्बन्ध भरपर्दो हुन भने नसकेको संघइले स्वीकार गरे । प्रतिष्ठान स्तरमा स–साना कुरालाई लिएर विवाद सिर्जन गर्ने, अचानक गैरकानूनी रुपमा काम बन्द गर्ने, जवरजस्ती गर्ने प्रवृत्ति अझै पनि कायमै रहेको संघाइको भनाई थियो ।

आन्तरिक एवं बाह्य दुवै कारणले श्रम सम्बन्धमा नयाँ चूनौती थपिएको उल्लेख गर्दै संघइले सामाजिक दायित्व वहन गर्दै व्यवसायलाई निरन्तरता दिनु पर्ने वाध्यतामा उद्योगी व्यवसायी रहेको बताए।

श्रम र उद्योग सम्बन्धी नीति निर्धारण गर्दा श्रम सम्बन्ध सुधार एवं श्रम विवाद न्यूनिकरणमा सधाउ पुग्ने तर्फ ध्यान दिन सरकारलाई आग्रह गर्दै संघईले उद्योगी व्यवसायी तथा श्रमिक दुवैको हित र स्वाभिमान कायम हुनेगरी बन्ने यस्ता नीति नियमहरूले लगानीको वातावरण तयार गर्न र उत्पादन बृद्धिमा सघाउ पु¥याउने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको