नेपाल बीमा प्राधिकरणले यहि फागुन २२ भित्र बीमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न निर्देशन दिएको छ । अभिकर्ताले लाइसेन्स नवीकरण गर्न अटेर गरेपछि प्राधिकरणले फागुन २२ का लागि अन्तिम समय दिएको हो ।
बीमा ऐन २०७९ को दफा ९१ (७) मा बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान किसिमको एउटामात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइने व्यवस्था छ । सो व्यवस्थालाई कार्यान्वयन गर्न प्राधिकरणले अभिकर्तालाई आफू कार्यरत संस्थामा आवश्यक कागजात पेश गर्न निर्देशन दिएपनि हालसम्म अभिकर्ताले कागजात पेश नगरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अभिकर्तालाई फागुन २२ गतेसम्म आवश्यक कागजात पेश गर्न प्राधिकरणले भनेको छ । तोकिएको समयभित्र कागजात नबुझाए लाइसेन्स खारेज हुने प्राधिकरणले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस