Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ०८ : १० मा प्रकाशित

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड

बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । उक्त आईपीओ हिजो फागुन १६ गते बाँडफाँड गरिएको हो । 

संस्थाले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको  ९७ हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई माघ २२ गतेदेखि निष्कासन गरिएको थियो ।

रितपुर्वक आवेदन दिने १५ हजार ९१८ जना आवेदक मध्यहरुबाट गोलाप्रथाद्धारा ९ सय ७० जना आवेदकलाई समान १० कित्ताका दरले ९ हजार ७०० कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीको आईपीओको हेर्न सिडीएसले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएको वेबसाइट  तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडको वेबसाइटबाट सहिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको