Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश १ को नाम ‘कोसी प्रदेश’

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १६ : १४ मा प्रकाशित

प्रदेश १ को नाम ‘कोसी प्रदेश’

प्रदेश १ को नाम ‘कोसी प्रदेश’ पारित भएको छ । प्रदेश १ को नाम ‘कोसी प्रदेश’ पारित होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको हो।   । नेकपा (एमाले)का प्रदेशसभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो ।

नामांकनका लागि प्रदेश सभामा दुई प्रस्ताव दर्ता गरिएका थिए। प्रदेश सभाले किरात लिम्बुवान सगरमाथा प्रदेशको नाम अस्विकृत गर्दै अर्को प्रस्ताव कोशी प्रदेशको नाम बहुमत सदस्यले पारित गरेका छन्।

कोशी प्रदेशको पक्षमा ८२ जनाले समर्थन गरेका छन् भने ४ जना विपक्षमा रहेका छन्। कोशी प्रदेशको प्रस्ताव नेकपा एमालेले राखेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको