Like us!
Follow us!
Connect us!
Watch us!

रोयल ब्लु बन्याे सातदोबाटो युथ क्लबकाे मुख्य प्रायोजक (फाेटाे फिचर)

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १७ : ४२ मा प्रकाशित

रोयल ब्लु बन्याे सातदोबाटो युथ क्लबकाे मुख्य प्रायोजक (फाेटाे फिचर)

यस वर्षको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । सातदोबाटो युथ क्लबले लिगको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । आज क्लबले पत्रकार सम्मेलनको आयोजना गरी लिगका लागि क्लबले मुख्य प्रायोजकसँग सम्झौता गर्न लागेकाे जानकारी गराएकाे छ ।

यस वर्ष सातदोबाटो युथ क्लबले सागर डिस्टिलरी प्रालीको रोयल ब्लुसँग मुख्य प्रायोजकको रुपमा सम्झौता गरेकाे छ । सम्झौताको अवधि एक वर्षको रहेको छ । मुख्य प्रायोजकको रुपमा क्लबको नामसँग रोयल ब्लु जोडिनेछ । र क्लबको नाम 'रोयल ब्लु सातदोबाटो युथ क्लब' रहनेछ । मुख्य प्रायोजकको रुपमा रोयल ब्लुलाई क्लबले जर्सी, खेल मैदान, क्लबका विभिन्न कार्यक्रममा प्रचारात्मक सहयोग गर्नेछ ।

सम्झौताका लागि सागर डिस्टिलरी प्रालीप्रति क्लबले हार्दिक धन्यवाद व्यक्त गरेकाे छ । यस सहयोगले आसन्न ए डिभिजन लिगमा क्लबलाई राम्रो नतिजा निकाल्ने हौसला प्राप्त भएको क्लबले जाएकाे छ । फुटबल र सामाजिक सेवाको कार्यमा सक्रिय रुपमा लाग्दै आएको सातदोबाटो युथ क्लबले आसन्न ए डिभिजन लिगमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेको छ ।

सम्झाैता कार्यक्रमकाे तस्विरहरू हेर्नुहाेस् : 

 

 

6400926d3f4f6.jpg 6400926e0a886.jpg 6400926e6d5aa.jpg 6400926ee5baf.jpg 6400926fc1c70.jpg 6400927034e33.jpg 6400927096084.jpg 64009272b09f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको