Like us!
Follow us!
Connect us!
Watch us!

कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई २-२ लाख दिने रोयल ब्लूको घोषणा

अर्थ संसार

बुधबार, १० असोज २०८०, २० : २४ मा प्रकाशित

कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई २-२ लाख दिने रोयल ब्लूको घोषणा

एसियन गेम्समा नेपालका लागि विश्व कीर्तिमानी प्रदर्शन गरेका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई रोयल ब्लूले २-२ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ ।

आज भएको मङ्गोलियाविरुद्धको खेलमा मल्ल र ऐरीको उत्कृष्ट पारीको मद्दतले नेपालले २ सय ७३ रनको विशाल जीत हासिल गरेको थियो । खेलमा मल्लले टिट्वान्टी खेल इतिहासमै सबैभन्दा कम ३४ बलमै शतक बनाएका थिए भने ऐरीले ९ बलमै अर्धशतक बनाएका थिए ।

दुवै खेलाडीले क्रिकेट कौशलको असाधारण प्रदर्शन गरेको भन्दै रोयल ब्लूले उल्लेखनीय उपलब्धिहरूलाई सम्मान गर्न लागेको जनाएको हो । विश्वभरका फ्यानहरूको मन जित्ने प्रदर्शन गर्दै कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले क्रिकेट संसारमा नयाँ मापदण्ड कायम गरेको कम्पनीले बताएको छ ।

उत्कृष्टता र "परफेक्टली स्मूथ" उत्पादनहरूप्रति प्रतिबद्धताका लागि चिनिने ब्रान्ड "रोयल ब्लु"ले खेलाडीको अविश्वसनीय उपलब्धिहरूको कदरस्वरूप कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई नगद सम्मान गर्न पाउँदा हर्षित भएको जनाएको छ । पुरस्कार घोषणा पछि रोयल ब्लूका ब्रान्ड हेड ऋतिक शाहीले कुशल र दीपेन्द्रले क्रिकेट मैदानमा गरेका असाधारण उपलब्धिहरूका लागि अत्यन्तै गर्वित बनेको र उनीहरूको उल्लेखनीय प्रदर्शनले नेपाली क्रिकेटको महिमा मात्र नबढाई क्रिकेट उत्साहीहरूको एक पुस्तालाई नै प्रेरित गरेको बताए ।

उनले पूर्णता र उत्कृष्टतामा समर्पित ब्रान्डको रूपमा रहेको रोयल ब्लूले खेलाडीको उत्कृष्ट रेकर्डलाई सम्मान गर्न पाउँदा खुसी भएको पनि जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको